टेसाको १५ औं अधिवेशनबाट नयाँ नेतृत्व निर्विरोध

पाेखरा | भदौ १४, २०८२

टेसाको १५ औं अधिवेशनबाट नयाँ नेतृत्व निर्विरोध

पोखरा: टे«किङ्ग इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराको २७ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनबाट टिकाबहादुर लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित बनेको छ ।
    

समितिको प्रथम उपाध्यक्षमा महेन्द्रबहादुर जिसी, द्वितीय उपाध्यक्षमा टिकाराम लम्साल, सचिवमा रमेशराज अधिकारी, सहसचिवमा बुद्धिबहादुर बस्नेत र कोषाध्यक्षमा केशवराज बास्तोला निर्वाचित बन्नुभएको छ ।
    

त्यस्तै समितिका सदस्यहरूमा योगेश सुवेदी, किरण काफ्ले, हरिमाया ढुङ्गना, राजकुमार नेपाली रहनुभएको छ । समितिको निवर्तमान अध्यक्षमा प्रमोद भण्डारी रहनुभएको छ ।
    

यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै यसको उजागरका लागि सबैको प्रयास आवश्यक भएको बताउनुभयो ।
    

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटकीय विकासका लागि सबैको साझा प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।
    

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन सम्बद्ध सबै संघ संस्थासँग सहकार्य गर्दै पर्यटन प्रवद्र्धन विकासका कार्यक्रम अघि बढाइने बताउनुभयो ।
    

टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीको सभापतित्व एवम् सचिव महेन्द्र जिसीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष टिकाबहादुर लम्सालले गर्नुुभएको थियो भने सहसचिव टिकाराम लम्सालले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रमेशराज अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्